INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला गोरखपुर ठाना गोरखनाथ ग्राम हुमयानपुर भारतका ४२ वर्षीय सफराज खानलाई असोज २० गते भैरहवाको देवकोटा चोकबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ९ गते ललाई फकाई विवाह गर्ने भनी भगाएर भैरहवाको बस डिलवामा डेरा गरी राखी बलात्कार गरेको भनी पीडित बालिकाले असोज २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २० गते नै भिम अस्पताल भैरहवामा गरिएको पनि प्रहरीले जनाएको छ ।

अन्य

भिडियो