पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले दिक्तेल रुपाकाेट मझुवागढीका-६३ वर्षीय एक पुरुषलाई असार ६ गते गिरफ्तार गरेको छ ।
नाताले भदिनी पर्ने पीडित बालिकालाई ०८१ जेठ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ६३ वर्षीय फुपाजुविरुद असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ६ गते गरिएको छ ।