INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशीँ गाउँपालिका-१ का २१ वर्षीय गंगाबहादुर नेपालीलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विवाह गर्ने प्रलोभनमा पारी ०८१ जेठ २३ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बेनु कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २५ गते गरिएको छ ।

अन्य

भिडियो