२० वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-६ का ३४ वर्षीय दिनेश अधिकारी र २० वर्षीय दिलिप वलीलाई असोज ११ गते गिरफ्तार गरेको छ ।
म्युजिक भिडियोमा अभिनयको अवसर दिने प्रलोभन देखाएर तुलसीपुरकै एक होटेलमा असोज ९ गते राति आरोपितद्वयले सामूहिक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् ।
पीडित युवतीले आरोपितद्वयका विरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा असोज १० गते उजुरी दिएपछि प्रहरीले लुकेर बसेको अवस्थामा अधिकारी र वलीलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा असोज १० गते गरिएको छ ।