गढवा गाउँपालिका–२ की २१ वर्षीया कमला चौधरीको कराइले प्रहार गरी हत्या गरेको आरोपमा पति ३६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले ०८१ जेठ २७ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा पत्नीलाई चौधरीले जेठ २४ गते कराइ प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते कमलाको उपचारको क्रममा क्रिमसन अस्पताल, बुटवलमा जेठ २७ गते मृत्यु भएको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर कालिका कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम जेठ २७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरी परिवारको जिम्मा लगाउने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।