२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–४, मनोहराका २४ वर्षीय सिकन्दर यादव विरुद्ध इलाका प्रहरी कार्यालय, लुम्बिनीमा ०८१ जेठ २४ गते उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई आरोपितले वैशाख १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते भिम अस्पताल, भैरहवामा भयो ।