आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेश, बलरामपुर घर भइ हाल घोराही उपमहानगरपालिका–१७ बस्ने ४४ वर्षीय दीन नाथलाई प्रहरीले ०८१ जेठ २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।