INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय पति विरुद्ध ०८१ जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले जेठ १२ गते वैवाहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनाका आरोपित फरार रहेकोले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २० गते भेरी अस्पतालमा भयो ।

अन्य

भिडियो