१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई गाउँपालिका–४ का २३ वर्षीय सुरेश तामाङविरुद्व जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडितलाई आरोपितले ०८१ जेठ १८ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।
घटनापछि आरोपित फरार रहेको र खोजी कार्य भइरहेको इन्स्पेक्टर भट्टराईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १८ गते गरिएको छ।