२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका-९, रमावापुरका ४५ वर्षीय ऐनुल्लाह मुसलमान विरुद्ध जेठ १४ गते जिल्ला प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दर्ता भएको छ ।
पीडितलाई आरोपितले जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । घटनाका आरोपितलाई सोही दिन गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते नै भिम अस्पताल, भैरहवामा भयो ।