दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८१ जेठ १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई आरोपितले जेठ १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १४ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।