३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका-११ का ३५ वर्षीय ओमप्रकाश महतोविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहनमा ०८१ जेठ १३ गते उजरी दिनु भएको छ ।
आरोपितले पीडितलाई जेठ ५ गते बलात्कार गरेकोले कारबाहीको लागि उजुरी दिएको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लाहानमा जेठ १३ गते भयो ।
घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिनु भयो ।