१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित अर्नमा गाउँपालिका-१ का २० वर्षीय रितेश कुमार पालविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा दिएको उजुरी ०८१ जेठ ११ गते प्रहरीले दर्ता गरेको छ ।
आरोपितले पीडितलाई जेठ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा जेठ ९ गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा जेठ ९ गते भएको थियो ।
उजुरी पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले बताउनु भयो ।