INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

साकेला गाउँपालिका-२ रतन्छा मवुका ७१ वर्षीय कृष्णकुमार राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय छोरा टिकारामलाई जेठ १० गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपित टिकारामले ७१ वर्षीय बाबु कृष्णकुमार राईको कुटपिट गरी ०८१ जेठ ७ गते हत्या गरेको आरोपमा मृतकका ४१ वर्षीय कान्छा छोरा नवीनकुमार राईले माइलो दाजु टिकारामविरुद्ध जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा साकेला गाउँपालिका-२ रतन्छामा सद्गत गरिएको ठाँउबाट मृतक कृष्णकुमारको शव जेठ १० गते उत्खनन गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बेनु कार्कीले बताउनु भयो ।

आरोपितले बाबुको ०८१ जेठ ७ गते कुटपिट गरी हत्या गरेको र हतारहतार शव गाडेर सद्गत गरेकाले घटना शंकास्पद रहेको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ ११ गते गरिएको छ ।

पोष्टमार्टम रिपोर्ट आएपछि हत्या हो वा होइन, त्यही अनुसार कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो