१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–५ भकुण्डाका ६१ वर्षीय रामज्ञान चौधरीलाई ०८१ जेठ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले घरमा कोही नभएको अवस्थामा ०८० फागुन महिनादेखि पटकपटक बलात्कार गर्दै आएको जानकारी प्राप्त भएपछि आरोपित विरुद्ध जेठ ४ गते ईलाका प्रहरी कार्यालयमा उजुरी दिइएको पीडित पक्षको भनाइ छ ।
पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर गौरीप्रसाद जैशीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ४ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।