२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला, इलाम नगरपालिका-१० का ३० वर्षीय एलेन क्षेत्री भनिने लेखनाथ कार्कीलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८१ वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय, अनारमनीमा जेठ ६ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण चन्दले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा जेठ ६ गते गरिएको छ ।