१७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा लहान नगरपालिका–९ का २५ वर्षीय विनोदकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा दिएको उजुरी प्रहरीले ०८१ जेठ ४ गते दर्ता गरेको छ ।
आरोपितले बालिकालाई जेठ १ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा जेठ ३ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण लहानस्थित प्रादेशिक अस्पतालमा जेठ ४ गते भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई जेठ ३ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णु प्रसाद सोतीले जानकारी दिनु भयो ।