INSEC Online

📅 २०८३ जेष्ठ २१

बारागढी गाउँपालिकाको मतगणनामा विवाद, २४ घण्टादेखि स्थगित

बारागढी गाउँपालिकाको मतगणना विवादका कारण २४ घण्टादेखि रोकिएको छ । असन्तुष्ट पक्षले वडा नं ६ को निर्वाचन पुनः गराउनुपर्ने अडान राखेकाले मतगणना हुन नसकेको जनाइएको छ । निर्वाचन अधिकृत रमेश घिमिरेले आयोगमा चिठ्ठी लेखेर पठाउने तयारी गरिएको बताए ।

मतपत्रहरू कोठामा त्यतिकै यत्रतत्र छरिएको निर्वाचन अधिकृत घिमिरेले बताए । सर्वदलीय निर्णय गरेर आयोगमा लेखेर पठाउने काममा लागेको उनको भनाई छ ।

गएराति पानी परेकाले मतपत्रमा केही असर भयो कि भन्ने पनि हेर्न नपाएको निर्वाचन अधिकृतको गुनासो छ । गणनास्थल सुरक्षाकर्मीको कडा सुरक्षा घेरामा छ । मुचुल्का बिना नै केही दलको मात्र प्रतिनिधिको रोहबरमा मतपेटिकालाई निर्वाचन अधिकृतले खोलेकोले मान्य नहुने एमाले, माओवादी केन्द्र र काङ्ग्रेसको अडान छ ।

अन्य

भिडियो