६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीका २६ वर्षीय पुरुषलाई वैशाख २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आफ्नै बुवाले ०८१ वैशाख २५ गते बलात्कार गरेको भन्दै बालिकाकी आमाले वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
उक्त उजुरीका आधारमा आरोपितलाई सोही दिन घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल परियारले जानकारी दिनुभयो ।
आरोपित विरुद्ध वैशाख २७ गते सरकारी वकिलको कार्यालय मार्फत हाडनातामा बलात्कार कसुरमा मुद्दा दर्ता गरि म्याद थप गरेर अनुसन्धान चलिरहेको सूचना अधिकारी परियारले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मध्यविन्दु जिल्ला अस्पतालमा वैशाख २६ गते गरिएको छ ।