INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

सिद्धार्थनगर नगरपालिका-१, बेलहियाकी २० वर्षीया निशा गुप्तालाई आत्महत्या दुरुत्साहन गरी मर्न बाध्य बनाएको आरोपमा पति २३ वर्षीय प्रदिप गुप्तालाई प्रहरीले ०८१ वैशाख २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले दाइजो नल्याएको निहुमा पटक पटक कुटपिट तथा यातना दिँदै आएकोले पीडा सहन नसकी ०८० चैत ३० गते राति सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित पक्षले वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम वैशाख १ गते भिम अस्पताल, भैरहवामा भयो । आफूहरूले सोही दिन शव बुझी सदगत् गरिएको पीडितकी आमा ४८ वर्षीया किरणदेवी साहु गुप्ताले बताउनु भयो ।

अन्य

भिडियो