INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-१ का २२ वर्षीय निमा शेर्पालाई  वैशाख २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०८० मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि सुनसरी जिल्ला, इनरूवा नगरपालिका-४ बाट ०८१ वैशाख २७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० मङ्सिर १० गते गरिएको थियो ।

अन्य

भिडियो