INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार कसुर गरेको ठहर गर्दै जिल्ला अदालतले ०८१ वैशाख २७ गते मेलम्ची नगरपालिका–४ का ३३ वर्षीय डम्बरबहादुर तमाङलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले कसुरदारलाई ११ वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनुभयो ।

पीडितलाई कसुरदारले ०७९ पुस १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ माघ १२ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो ।

आरोपितलाई जिल्ला अदालतको आदेशले ०७९ फागुन ३ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको थियो ।

अन्य

भिडियो