१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नरहा गाउँपालिका-४ का २० वर्षीय भुल्ला भनिने उमेश महराविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ वैशाख २३ गते उजुरी दिनु भएको छ ।
आरोपितले बालिकालाई वैशाख २० गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख २३ गते भएको छ ।
आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाले बताउनु भयो ।