गोलबजार नगरपालिका-१० का ५२ वर्षीय चन्दर यादवको हत्या आरोपमा उनका छोरा २४ वर्षीय जितेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारले ०८१ वैशाख २१ गते गिरफ्तार गरेको छ ।
मृतककी पत्नी पार्वतीदेवी यादवका अनुसार वैशाख १८ गते घरायसी विवाद हुँदा आरोपितले बुबालाई कुटपिट गरी घाइते बनाएको थियो । घाइतेको उपचारको क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा वैशाख २१ गते मृत्यु भयो ।
आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा वैशाख २१ गते उजुरी दिएको उहाँले बताउनु भयो ।
शवको पोष्टमार्टम बिराटनगरस्थित कोशी अस्पतालमा वैशाख २१ गते भयो ।
घटना बारे जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले जानकारी दिनु भयो ।