INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत शक्तिपिठमा चुनावी सभा

आगामी स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भदौ ३० गते अपरान्ह नेपाली काङ्ग्रेसले प्रसिद्ध शक्तिपिठ छिन्मस्ता भगवती मन्दिरमा नै चुनावी सभा आयोजना गरेको छ ।

Photo20170916Saptari5

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री रामशरण महत, सांसद रञ्जित कर्ण, जिल्ला सभापति दिनेशकुमार यादव, सचिव रामकुमार यादवलगायत उम्मेदवारहरूले मन्तव्य दिएका थिए । सहभागी कतिपय नेताहरूले चुनाव चिन्ह अङ्कित गम्छा भिरेका थिए ।

निर्वाचन आचारसंहिता-२०७२ को परिच्छेद २ को ४ (ज) मा कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा धार्मिक स्थल प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न गराउन नहुने उल्लेख छ ।

Photo20170916Saptari56

यसैगरी अन्य दलहरूले झै नेकपा (एमाले) ले भदौ ३० गते साँझ राजविराजमा मोटरसाइकल र्‍याली निकालेर नगर परिक्रमा गरेको छ । निर्वाचन आचारसंहिता-२०७२ को परिच्छेद २ को ५ क (१३) मा निर्वाचन प्रचारप्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसमान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरूगाडा जस्ता सवारी साधनको र्‍याली गर्न गराउन नहुने उल्लेख छ ।

अन्य

भिडियो