INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देवदह नगरपालिका–१२ का ५१ वर्षीय गणेशमान थारुलाई प्रहरीले ०८१ वैशाख १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो