INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको सम्मान र संरक्षण गर्न सबै पक्षलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तेश्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको क्रममा मानव अधिकार अवस्थाको स्थलगत अनुगमन गरिरहेको जनाएको छ ।

प्रदेश नं २ अन्तर्गतका आठ ओटै जिल्लाहरूमा आयोगले आयोगका सदस्य र सचिव सहितको उच्चस्तरीय टोली तथा अधिकृतहरू सम्मिलित नौ ओटा टोली अनुगमनमा खटाएको आयोगद्वारा भदौ ३० गते जारी विज्ञप्तिमा उल्लेख छ ।

टोलीले राजनीतिक दलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए/नपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए/नभएको सम्बन्धमा अनुगमन गरिरहेको र यसका साथै मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसङ्ख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानव अधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायतका विषयमा समेत टोलीले अनुगमन गरिरहेको जनाइएको छ ।

अन्य

भिडियो