INSEC Online

📅 २०८३ जेष्ठ २१

श्रमिक दिवसमा काम गर्दै इँटाभट्टाका मजदुरहरू (फोटो फिचर)

अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर मे १ तारिक भव्य रूपमा मनाइरहँदा डुडुवा गाउँपालिका-३ र नेपालगञ्ज उपमहानगरपालिका-२१ मा रहेको पाँच ओटा इट्टाभट्टाका मजदुरहरू भने दैनिक काम गर्दै छन् ।

इट्टाभट्टाका मजदुरहरू बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म वैशाख महिनाको चर्काे घाममा काम गर्न व्यस्त छन् । आफूहरू इट्टाको टहरा बनाई खाना पकाउने र खुल्ला अकाशमुनि सुतेर इट्टाभट्टाका काम गरिरहेको नेपालगञ्ज उपमहानगरपालिका-१४ का मजदुर ४४ वर्षीय शत्रुहन गिरीले बताउनु भयो ।

घरमा बसेर जीविको पार्जन गर्न कठिन हुने डुडुवा गाउँपालिका-६ का मजदुर २८ वर्षीय रहीस शेषले बताउनु भयो । घरमा बसेर पैसा नपाइने भन्दै खाली भएको बेला इट्टा टेक्टरमा लोड गर्दा थप खर्च आउने उहाँ बताउनुहुन्छ ।

उहाँ जस्तै इट्टाभट्टामा मजदुरहरू श्रमिक दिवसको वेवास्ता गर्दै इट्टाभट्टाको काममा व्यस्त छन् । दिनभर गरेको कामले बेलुकी र अर्को बिहानको छाक टार्नु पर्छ भन्दै यहाँका मजदुरहरूले एक दिन काम गर्न सकिएन भने बेलुकी छाक टार्न समस्या पर्ने बताएका छन् ।

श्रमिक दिवसमा जे भएपनि श्रम नगरी खान नपुग्ने हुँदा आफूलाई कुनै पनि दिवसले छुन नसकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ का मजदुर ३० वर्षीय रज्जब अलीले बताउनु भयो । सरकारले सामाजिक सुरक्षाको व्यवस्था गरेको सुनेपनि त्यो कस्तो खालको व्यवस्था हो, मजदुरलाई त्यसले कसरी सम्बोधन गर्छ भन्ने जिज्ञासा भएको उहाँको भनाइ छ ।

नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था रहेको, श्रम ऐन, २०७४ ले रोजगार सम्झौता नगरी काममा लगाउन नपाइने, सामाजिक सुरक्षाको व्यवस्था, साप्ताहिक, सार्वजनिक, सट्टा, घर, बिरामी, प्रसूति, किरियालगायतका बिदाको व्यवस्था गरेको र सञ्चय कोष, उपदान, औषधि-उपचार, बिमा, दुर्घटना बिमा, व्यवसायजन्य सुरक्षा, आश्रित परिवारलाई आवासको प्रबन्ध, निःशुल्क प्राथमिक उपचारलगायतका व्यवस्था पनि श्रम ऐन, २०७४ ले गरेको छ । तर श्रमिक दिवसमा पनि मजदुरी नगरेसम्म आफू र आफ्ना परिवारको पेट पाल्न निकै कठिन रहेको श्रमिकहरू बताउँछन् ।

Photo01052024Banke8

Photo01052024Banke7

Photo01052024Banke6

Photo01052024Banke5

Photo01052024Banke4

Photo01052024Banke3

Photo01052024Banke2

Photo01052024Banke1

Photo01052024Banke

अन्य

भिडियो