नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।
हरिवन नगरपालिका-१० नयाँरोड चोकमा रोकेर राखेको जीपमा भदौ २९ गते राति ८ बजेतिर विआर ०१ पिएफ ६९८७ को स्कर्पियो जीपमा बम विष्फोट गराएको हो ।
मेयरका उम्मेदवार राजभण्डारी र उपमेयरकी उम्मेदवार बुककुमारी थापाको घरदैलो अभियान सकेर फर्कनका लागि चालकले जीप स्र्टार्ट गर्न खोजिरहेको अवस्थामा जीपको मुनीपट्टी विष्फोट भएको थियो ।
खाजा खाने टिफिनमा विष्फोटक पदार्थ राखेर विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले बताए ।
आफूलाई तर्साउन सवारी साधनमा बम विष्फोट गराइएको राजभण्डारीले आरोप लगाएका छन् । उनले निष्पक्ष छानबिन गरी दोषिलाई कानुनको कठघरामा ल्याउन माग गरेका छन् ।