२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौरका २६ वर्षीय गौरव कार्कीलाई ०८१ वैशाख १५ गते गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको अवस्थामा ज्यान मार्ने धम्की दिदै ०८० कार्तिक महिनादेखि ०८१ वैशाख ५ गतेसम्म पटकपटक बलात्कार गरेपछि आरोपित विरुद्ध वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको पीडितको भनाइ छ ।
पीडिताले दिनुभएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट वैशाख १६ गते सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका हवल्दार रेवती साउदले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।