१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेकोे आरोपमा तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकाका ४५ वर्षीय सुरत बहादुर शाही जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन् । फरार रहेका आरोपित वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको हुन् ।
बालिकामाथि यौन प्रस्ताव राखेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८० असोज २३ गते उजुरी दर्ता गरेका थिए । बालिकालाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, प्रलोभनमा पार्ने गरि फोन गरेको अडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतिले भन्नुभयो ‘फरार रहेका आरोपित लाई प्रहरीले खोजतलास गरिरहेका थियौँ । आफै हाजिर भए । कानुनी कारवाही प्रक्रिया अघि बढेको छ । ’