जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले भदौ २६ गते छापा मारेर निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचारप्रसार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेको बेला जनकपुर कलवार कुट्टीस्थित रहेको उक्त प्रेसमा प्रहरीले छापा मारेर हजारौँ रुपियाँ बरावरको समान बरामद गरेको हो ।
आचारसंहिता विपरीतका पाँच पोका प्रचारप्रसार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यस्तै ३ सय टिसर्ट, टोपी र केही प्रेसका सामानहरू प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । टिसर्ट र टोपी नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपालको रहेको बताइएको छ ।