बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपनी गाउँपालिका-२ साविक नकटी रायपुर गाविस-१ का ४२ वर्षीय विलैतिया भनिने देवनारायण यादवलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।
पीडित बालिकाको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा भदौ २३ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।