सिरहा जिल्लामा रहेको दुई सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
१ सय ९ मतदान स्थलको २ सय ३२ मतदान केन्द सम्वेदनशील र ८४ मतदान स्थलको १ सय ५८ मतदान केन्द्र सम्वेदशील रहेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर कोइरालाले जानकारी दिए । एसपी कोइरालाका अनुसार २८ ओटा मतदान स्थलको ४१ ओटा मतदान केन्द्र भने सामान्य रहेका छन् ।
अति सम्वेदनशील मतदान स्थलमा प्रहरी अधिकृतसहित ११ जनाको टोली, सम्वेदनशील मतदान स्थलमा प्रहरी अधिकृतसहित नौ जनाको टोली र सामान्य मतदान स्थलमा प्रहरी अधिकृतसहित सात जनाको टोली खटाइनेछ ।
पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र त्यसको पछाडि नेपाली सेना पनि परिचालन गरिने जनाउँदै एसपी कोइरालाले ३ हजार भन्दा बढी प्रहरी निर्वाचनमा खटिने बताए ।
सात ओटा नगरपालिका र १० ओटा गाउँपालिकासहित १७ स्थानीय तह रहेको सिरहामा आसन्न स्थानीय तहको निर्वाचनका लागि भदौ २४ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनसहित चुनाव चिन्ह वितरण गरिएको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले बताए ।