INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिका-२, का १८ वर्षीय प्रेम घर्तिमगरलाई प्रहरीले ०८० चैत २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामनारायण गुप्ताले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २६ गते रोल्पा जिल्ला अस्पताल, रेउघामा भयो । उक्त स्वास्थ्य परीक्षण गर्दा पीडित पाँच महिनाको गर्भवती भएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो