INSEC Online

📅 २०८३ जेष्ठ २१

विकास, वातावरण र मानव अधिकारका विषयमा आयोगद्वारा सरोकारवालासँग छलफल

राष्ट्रिय मानव अधिकार अयोगले विभिन्न सरोकारवालासँग विकास, वातावरण र मानव अधिकार विषयमा अन्तर्त्रिmयात्मक छलफल गरेको छ ।

भदौ २३ गते आयोगको कार्यालयमा विकास निर्माणका क्रममा वातावरणको विनास भइरहेको पर्रि्रेक्ष्यमा विकासलाई वातावरणमैत्री र मानव अधिकारमैत्री बनाउन पहल गर्ने उद्देश्यले छलफलको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष अनूपराज शर्माले मानव अधिकारको क्षेत्रमा वातावरणको अधिकार महत्वपूर्ण र गम्भीर विषयको रूपमा रहेकाले आयोगले चासोका साथ हेरिरहेको बताएका छन् । विकास निरन्तर चलिरहने प्रक्रिया भएकोले यसलाई अन्त्य नगरी विकासबाट शिक्षा लिनुपर्ने धारणा उनले राखेका छन् ।

कार्यक्रममा सहभागिहरूले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने, वातावरण र विकासलाई सन्तुलित रुपमा अगाडि बढाउनुपर्ने, विकासलाई मानव केन्द्रित बनाउनुपर्ने, स्वच्छ हावा तथा वातावरण संरक्षण सम्बन्धी छुट्टै कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् ।

वातावरणको विनास तथा जलवायू परिवर्तनका कारण नेपाललगायत विश्वमा वर्षोनी हजारौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको र विभिन्न प्राण घातक रोगबाट पीडित हुनुपरेको अवस्थाप्रति आयोगसँगै सबै सरोकारवालाहरूको ध्यान जान जरुरी रहेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा जनसङ्ख्या तथा वातावरण मन्त्रालयका निमित्त सचिव रामप्रसाद लम्साल, वरिष्ठ अधिवक्ता प्रकाश मणी शर्मा, काठमाडौँ युनिभर्सिटीका प्राध्यापक शिव पौडेलद्वारा वातावरण, विकास तथा मानव अधिकार विषयमा प्रस्तुति गरेका थिए ।

अन्य

भिडियो