INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कोहलपुर नगरपालिका-११ का ४२ वर्षीय खगेन्द्र गिरी विरुद्ध इलाका प्रहरी कार्यालय, कोहलपुरमा ०८० चैत २४ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकलाई आरोपितले चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको सोही उजुरीको आधारमा घटनाका आरोपितलाई चैत २३ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी सुन्दर तिवारीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २४ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।

अन्य

भिडियो