१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक विरुद्ध इलाका प्रहरी कार्यालय, कोहलपुरमा ०८० चैत २३ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले पीडितको घरमा कोही नभएको बेलामा ०८० मङ्सिर महिनामा फकाएर बलात्कार गरेका भन्दै पीडित पक्षले चैत २२ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । घटनाका आरोपित फरार भएकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी सुन्दर तिवारीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २३ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।