११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११ का ५३ वर्षीय शिवलाल देवकोटालाई प्रहरीले ०८० चैत २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले चैत २० गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभएको थियो ।
पीडितले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २० गते भिम अस्पताल, भैरहवामा भयो ।