१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–१० का १९ वर्षीय भीमबहादुर विश्वकर्मालाई चैत १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १६ गते गते गरिएको छ ।