INSEC Online

📅 २०८३ श्रावण ५

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

भिमदत्त नगरपालिका–१८ सालघारीकी २८ वर्षीया केदारनी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति बलराम थारुलाई ०८० चैत १६ गते गिरफ्तार गरेको छ ।

घरायसी विवााद हुँदा आरोपित पतिले चैत १५ गते पत्नी केदारनीलाई कुटपिट गरी गम्भिर घाइते बनाएका थिए । कुटपिटबाट गम्भिर घाइते हुनुभएकी केदारनीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा चैत १५ गते मृत्युभएको थियो ।

घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका हवल्दार सपना ऐरीले बताउनु भयो ।

शवको पोष्टमार्टम चैत १६ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएपछि आफन्तजनले शवको दाहसस्कार महाकाली नदीमा गरेका छन् ।

अन्य

भिडियो