२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लहान नगरपालिका–५ का ३७ वर्षीय अर्जुन मेस्तरलाई इलाका प्रहरी कार्यालय लहानले ०८० चैत १४ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई चैत १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा चैत १४ गते उजुरी दिएको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा चैत १४ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।