INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका-१० सुसलिङका २३ वर्षीय नरेल लिम्बूलाई चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० चैत ६ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १५ गते गरिएको छ ।

अन्य

भिडियो