सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खोलेका २१ वर्षीय शिवकुमार श्रेष्ठलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८० चैत ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको हो ।
पीडित बालिकालाई आरोपितले ०८० असोज २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असोज २० गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०८० असोज २१ गतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० असोज २१ गते गरिएको थियो ।