INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सरुमारानी गाँउपालिका-१ का ४५ वर्षीय फजिर अहमदलाई प्रहरीले ०८० चैत ९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हुमानन्द खनालले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ९ गते जिल्ला अस्पताल, बिजुवारमा भयो ।

अन्य

भिडियो