२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका-५ का ३३ वर्षीय दिलकुमार थगुवालाई चैत ६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८० चैत ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत ६ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ६ गते गरिएको छ ।