INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय काकालाई इलाका प्रहरी कार्यालय लहानले ०८० चैत ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई चैत १ गते यौन दुर्व्यवहार गरेको आरोपमा कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा चैत ३ गते उजुरी दिएको पीडित बालिकाको दाजुले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित प्रादेशिक अस्पतालमा चैत ३ गते गरिएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्ट बताउनु भयो ।

अन्य

भिडियो