INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–१, भुजौलीका २२ वर्षीय सुर्जमोहन यादवलाई प्रहरीले ०८० चैत १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन २८ गते बलात्कार गरेको भन्दै पीडितले चैत १ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभएको थियो ।

घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्सपेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो