INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका-२, अदौलीका २८ वर्षीय राजेश यादव विरुद्ध ०८० चैत १ गते उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले फागुन १० गते बलात्कार गरेको भन्दै पीडितले चैत १ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभएको थियो ।

आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्सपेक्टर कञ्चन तामाङ्घले बताउनु भयो । इन्सेकलाई जानकारी दिँदै पीडित महिलाले फागुन १० गते खेतमा घाँस काटिरहेको अवस्थामा बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो