३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका–१० का ६५ वर्षीय भेलु थारुलाई प्रहरीले ०८० चैत्र २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत्र २ गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत्र २ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।